पुरै देश कब्जा गरेपछि तालिबान जिमखाना र फनपार्कमा भेटिए (भिडिओ)

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ५५


तालिबानले गत आइतबार पुरै अफगानिस्तान आफ्नो हातमा लिइसकेका छन्। उनीहरुले सरकार गठनको नयाँ प्रक्रिया थालिसकेका छन्। मंगलबार मात्र तालिबानले देश कब्जा गरेपछि पहिलो पत्रकार सम्मेलन गर्दै आफ्नो शासनमा देश कस्तो हुन्छ भनेर योजना सार्वजनिक गरेका छन्।

उनीहरुले सुरुमा २० वर्षपछि विदेशी शक्तिलाई देशबाट हटाउन सकेकोमा खुशी व्यक्त गरे। अमेरिकीसहित नेटोमा आवद्ध सेनालाई हटाउनु आफ्नो ठूलो उपलब्धि भएको उनीहरुको भनाइ छ। महिला अधिकार हनन् भएको विषयमा उनीहरुले शरिया कानुन अर्थात् मुस्लिम धर्ममा भनिएजति अधिकार महिलाले पाउने बताएका छन्। उनीहरुले निजी संचारमाध्यमले व्यवसायिक ढंगबाट काम गर्न पाउने पनि उल्लेख गरे।

२० वर्ष युद्ध लडेपछि उनीहरु सत्तामा फेरि आएका हुन्। यसबीचमा युद्धबाट भर्खर बिसाएका तालिबान लडाकुहरुले भने जिमखानादेखि फनपार्कसम्म रमाइलो गर्न थालेको एउटा भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओअनुसार तालिबानीहरु जिमखानमा देखिएका छन् तर त्यहाँ प्रशिक्षक नभएकाले उनीहरुले अव्यवस्थित रुपमा यताउती फलाम उचालेको, कार्डियोमा कुदिरहेको, उफ्रिरहेको देख्न सकिन्छ। यस्तै उनीहरुले खेलौंना कार तथा पिङमा रमाइलो गरिरहेको पनि देखिएको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्