१ जना संक्रमित बन्दा पुरै न्युजिल्यान्ड लकडाउन गरियो

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ०२


न्युजिल्यान्डले देशभर तीन दिनसम्म लकडाउन गर्ने घोषणा गरेको छ। ६ महिनामा पहिलोपटक १ व्यक्तिमा संक्रमित देखिएपछि पुरै देश लकडाउन गरिएको हो।

यस्तै कोरोना संक्रमित बन्ने व्यक्ति बस्ने क्षेत्र अकल्यान्ड भने एक हप्तासम्म लडकाउन गरिएको बीबीसीले जनाएको छ। भारतीय डेल्टा भेरियन्टबाट एक संक्रमित व्यक्ति भेटिएपछि त्यहाँ सचेतना अपनाइएको हो।

हालसम्म न्युजिल्यान्डमा २० प्रतिशत जनसंख्याले पुरै डोज कोरोना खोप लगाएका छन्। अधिकारीहरुका अनुसार ६ महिनामा पहिलोपटक ५८ वर्षका व्यक्ति संक्रमित बनेका हुन्।

कोरोना फैलिएको क्षेत्रको रुपमा २३ वटा ठाउँलाई खतराको सूचीमा राखिएको छ। त्यहाँ जान कसैलाई दिइएको छैन।


प्रतिक्रिया दिनुहोस्