अफगानिस्तानमा महिला अधिकार खोसिने त्रासबीच महिला पत्रकारद्वारा तालिबानको अन्तर्वार्ता

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ०८


अफगानिस्तानको एउटा ठूलो टेलिभिजन च्यानल टोलो न्युजमा फेरि महिला टेलिभिजन प्रस्तोता देखा पर्न थालेका छन्। आइतबार तालिबानले काबुल घेरेदेखि सो टेलिभिजनका महिला प्रस्तोता तथा पत्रकार टेलिभिजनको पर्दामा देखिएका थिएनन्।

अफगानिस्तानका सरकारी टेलिभिजनमा पुरुष प्रस्तोताहरु मात्र देखिएका थिए। उनीहरुले तालिबानको झण्डा आफ्नो अगाडि राखेर समाचार सम्प्रेषण गर्न सुरु गरेका थिए। तर मंगलबार टोलो न्युजका प्रमुख मिराका पोपलले एउटा ट्विट सेयर गर्दै महिला प्रस्तोताले तालिबानको अन्तर्वार्ता लिएको जानकारी दिएका छन्।

महिला पत्रकारले लाइभ टेलिभिजनमा तालिबान सदस्यको अन्तर्वार्ता लिएको देखिएको छ। पोपलले अर्को एउटा तस्बिर पनि ट्विट गरेका छन् जहाँ महिला पत्रकारहरु समाचार कक्षमा देखिएका छन्। ट्विटमा भनिएको छ,‘टोलो न्युज र तालिबानले एकपटक फेरि इतिहास रचेका छन्। तालिबानका वरिष्ठ प्रतिनिधि अब्दुल हक हम्माज आज बिहान हाम्री टेलिभिजन प्रस्तोता बाहिश्तासँग कुराकानी गर्दैछन्। दुई दशक अगाडि जब तालिबान सत्तामा थिए यस्तो दृश्य कल्पना पनि गर्न सकिँदैन थियो।’

तालिबान जब २ दशक अगाडि अफगानिस्तानको सत्तामा थिए। महिला अधिकार कुण्ठित भएको थियो। महिलाहरु विद्यालय जान पाउँदैन थिए, उनीहरुले कार्यालयमा काम गर्न पाउँदैन थिए भने उनीहरु बजार जाँदा पुरुष सदस्यसँग मात्र जान पाउँथे।

टोलो न्यूज़ की रिपोर्टरतालिबानले यससँगै आफ्नो कट्टरपन्थी विचारलाई त्यागेको अनुमान गरिएको छ। केही समय अगाडि मात्र तालिबानले मुस्लिम धर्ममा भएका सबै अधिकार महिलाले पाउने त्यहाँभन्दा बढी अधिकार कसैले नपाउने बताएका थिए। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्