देश छाडेर भागेका राष्ट्रपति गनीले चार कार–एक हेलिकप्टर पैसा भरेर लगे!

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १३


अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यहाँका राष्ट्रपति देश छाडेर भागेका छन्। उनले थप रक्तपात र हिंसालाई रोक्न देश छाडेका बताएका छन्। यसबीचमा काबुलस्थित रूसी दूतावासले अफगानिस्तानका गनीले आफूसँग अथाह पैसा बोकेर लगेको दाबी गरेको छ।

सोमबार रुसको आईए समाचार एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै दिएको समाचार अनुसार घानीले देश छाड्दा आफूसँगै चारवटा कार र एउटा हेलिकोप्टरमा पैसा भरेर लगेका छन्।

समाचारअनुसार नगद यति धेरै थियो कि हेलिकोप्टरमा नअटेपछि त्यसलाई एयरपोर्टमा छाडेर गनीले देश छाडे।

तालिबानले पनि काबुल विमानस्थलमा ठूलो मात्रामा नगद मिलेको दाबी गरेको छ। त्यहाँ भेटिएको पैसा ५० लाख अमेरिकी डलर आसपास छ।


प्रतिक्रिया दिनुहोस्