विमानमा झुन्डिएर अमेरिका जान खोज्दा आकाशबाट खसे केही मानिसहरु (भिडिओ)

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : २१


तालिबानले अफगानिस्तान पुरै आफ्नो हातमा लिइसकेको छ। उसले त्यहाँ सरकार बनाउने गृहकार्य सुरुवात गरिसकेको छ। यसबीचमा विदेशी मूलुकले त्यहाँबाट आफ्ना नागरिकहरु उद्धार गरिरहेको छ।

तालिबानले अफगानिस्तान छाड्न चाहनेलाई जान दिने र बस्न चाहनेको सुरक्षा सुनिश्चित गर्ने बताइसकेको छ। हाल अमेरिका लगायतका राष्ट्रले आफ्ना नागरिकहरु घर फर्काइरहेका छन्। तर अफगानी नागरिहरु पनि अमेरिका लगायतका विभिन्न देश जान चाहिरहेका छन्।

काबुल हवाई अड्डाChaos in Kabul as Taliban take power and thousands try to flee - Forbes Alert

(भिडिओ)

यसबीचमा उनीहरु अमेरिकी विमान लगायत अन्य देशको विमानमा झुन्डिएरै यात्रा गर्न तयार देखिएका छन्। सोमबार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल अवस्थामा थियो। मानिसहरुले जो पनि जुनै विमानमा पनि चढ्न लुछाचुडी गरेका थिए।

हालै सार्वजनिक एक भिडिओमा अमेरिकी विमानमा झुन्डिएर जान खोज्ने केही मानिस आकाशबाट खसेको देखिएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको पनि बताइएको छ। काबुलको उक्त विमानस्थलमा सोमबार बिहानै अमेरिकी सेनाले आफ्नो विमानमा कसैलाई चढ्न नदिन गोली नै चलाउनु परेको थियो। अमेरिकी विमानले अमेरिकी नागरिक र कूटनीतिज्ञलाई उद्धार गरेको थियो।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्