कुलमानलाई प्राधिकरणबाट हटाउनुपर्ने भन्दै हितेन्द्रदेवले सर्वोच्चमा रिट हाले

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : ४२


नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

शाक्यले वर्तमान कार्यकारी निर्देशक कुलमानको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न रिट हालेका हुन्। उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन्। शाक्यले रिटलाई बदर गर्न अदालतसँग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्