बेलायतमा अनसनरत गोर्खाहरुलाई सरकारले हतोत्साहित गरेको भीम रावलको आरोप

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ४२


बेलायतमा १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुलाई नेपाल सरकारले हत्तोसाहित गरेको भन्दै एमालेका उपाध्यक्ष भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले सरकारले नै त्यस्ता कार्य गर्नु खेदजनक भएको बताएका हुन्। परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताए।

उनले भनेका छन्, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो।’

यस्तै उनले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले पनि वार्ता टोली समेत नबनाउनु आपत्तिजनक विषय भएको उनको भनाइ छ। समस्या समाधानका लागि अब नेपाल सरकारले नै सक्रिय रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ।

समान पेन्सन लागयत अन्य हक र सुविधाको लागि बेलायतमा गोर्खाहरुले आन्दोलन गरिरहेका हुन्।


प्रतिक्रिया दिनुहोस्