सरकारको आलोचना गर्दै एमालेकी सांसद भन्छिन्ः केपी ओलीजस्तै ‘बा’ बन्न गाह्रो रहेछ

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ००


अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शेरबहादुर देउवाको सरकार चुकेको नेकपा एमालेकी सांसद मनकुमारी जिसीले बताएकी छिन्। उनले उद्धारको पहलमा देउवा सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्।

सोमबारको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद जिसी ‘केपी ओलीजस्तै बा बन्न गाह्रो रहेछ’ भन्दै देउवा सरकारको आलोचना पनि गरिन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दा विरोध गर्नेहरुको हालत यो एक महिनाले देखाएको उनको भनाइ छ।

उनले भनेकी छिन्,‘केपी शर्मा ओलीलाई ‘बा’ भन्दा धेरैले टिप्पणी गर्थे, आलोचना र गाली पनि गर्थे, तर ‘बा’ बन्न धेरै गाह्रो रहेछ, शेरबहादुर देउवा सरकारको यो एक महिनाले देखायो।’

यसअघि ओली सरकारमा हुँदा अफगानिस्तानबाट सरकारले गरेको काम सम्झँदै उनले भनेकी छिन्,‘२०७३ असार ६ गते काबुलमा १२ जना नेपाली मारिँदा सरकारले तत्कालै उद्धार पहल गरेको थियो। त्यसबेला मारिएका १२ जनाको शव र अन्य २० जना नेपालीलाई असार ७ गते बिहान ३ बजे गएको जहाजले लिएर आएको थियो।’


प्रतिक्रिया दिनुहोस्