प्रदेश नम्बर २ का प्रदेश प्रमुख परिवर्तन हुने, हरिशंकर बन्दै नयाँ प्रमुख

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ४९


सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले वर्तमान प्रदेश पूमुख राजेश झा अहिराजलाई पदमुक्त गर्ने र हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउन सिफारिस गरेको हो।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो। उनलाई प्रदेश २ प्रमुख बनाउनु अगाडि ओली सरकारले माओवादी कोटाबाट नियुक्त तिलक परियारलाई उक्त पदबाट हटाएको थियो।


प्रतिक्रिया दिनुहोस्