अनियन्त्रित भीड विमानमा चढ्न खोजेपछि अमेरिकी सेनाले काबुल विमानस्थलमा चलायो गोली

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : २७


अफगानिस्तानको राजधानी काबुल एयरपोर्टमा सोमबाार बिहानै अमेरिकी सेनाले हवाई फायर गरेपछि उडानहरु स्थगित भएका छन्। रोयटर्सका अनुसार अमेरिकी विमानमा आम नागरिकहरु चढ्न खोलेपछि अमेरिकी सेनाले गोली चलाएको हो।

एक अधिकारीले भनेका छन्,‘भीड अनियन्त्रित भएको थियो। फायरिङ भीडलाई तित्तर–बित्तर पार्न मात्र गरिएको हो।’ सार्वजनिक भिडिओहरुमा बन्दुक चलेको आवज सुन्न सकिन्छ।

अमेरिकी सैन्य विमानहरु त्यहाँ आफ्ना नगारिक र दूतावासको कर्मचारी लिन गएको हो। तर सो विमानस्थलमा भीड अनियन्त्रित भएका कारण जसले पनि अमेरिकी विमानमा चढ्न खोजिरहेको बताइएको छ।

तालिबालने अफगानिस्तान कब्जा गरिसकेको छ। तालिबानले देश छाडेर जान चाहनेलाई जान दिइरहेको छ। अमेरिकाले आफू काबुलबाट ननिस्किन्जेल कुनै पनि अप्रिय घटना नगर्न तालिबानलाई चेतावनी दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्