अफगानिस्तानमा अमेरिका लगायत सबै देशका दूतावास खाली, चीन र रुसलाई छैन डर

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १३


तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिका, बेलायत लगायत धेरै राष्ट्रले राजधानी काबुलका दूतावासबाट कर्मचारीहरु स्वदेश फर्काएका छन्। कूटनीतिज्ञहरु फर्किएर धेरै दूतावास खाली भइसकेको अवस्थामा चीन र रुसका दूतावास भने अझै खुला रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

चीन र रुसले तालिबानसँग छलफल गरेर आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न भनेपछि चिनियाँ र रुसी कूटनीतिज्ञहरु काबुलमै रहेको र त्यहाँबाट नफर्किने बताइएको छ।

चीनले आफूहरुले तालिबानसँग छलफल गरिसकेको जानकारी दिएको छ। रुसले पनि रुसी कूटनीतिज्ञहरु नफर्काउने पुष्टि गरिसकेको छ। आइतबार तालिबानले काबुल चारै तिरबाट घेरिसकेपछि त्यहाँका राष्ट्रपति असरफ गनी देश छाडेर भागेका छन्। उनले आफू देशमै हुँदा हिंसा मच्चिने र धेरैको ज्यान जाने भएका कारण देश छाडेको स्पष्टिकरण दिएका छन्।

China pledges support for Taliban in Afghanistan, but demands end to ETIM  ties | South China Morning Postगत महिना तालिबानका प्रतिनिधि चीन पुगेका थिए।

तालिबालने नयाँ सरकार गठनबारे चाँडै जानकारी दिने बताइसकेको छ। गत महिना मात्र तालिबानलाई चीनले आफ्नो देशमा छलफलको लागि बोलाएको थियो। अफगानिस्तान पुनःसंरचनाको लागि चीनले त्यसबेला आर्थिक सहयोग गर्ने बताएको थियो।

बदलामा चीनले त्यहाँका लडाकुहरु चीन पस्न नदिन भनेको थियो। तालिबालने पनि अफगानिस्तानबाट कुनै पनि सशस्त्र समूहलाई चीन छिर्न नदिने बताएको थियो। तालिबानले देशका सबै नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताइसकेको छ।


प्रतिक्रिया दिनुहोस्