काठमाडौं महानगरपालिकाले भन्यो- फोहोर घरबाहिर ननिकाल्नू, केहीदिन उठाउन सकिँदैन

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : २०


काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ ।

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले भनेको छ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउने भनिएको छ। नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ-कुनामा फोहोर थुप्रिन सुरु भएको छ ।

काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर, केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।

 


प्रतिक्रिया दिनुहोस्