अन्ततः तालिबानले जित्यो, अफगान राष्ट्रपति देश छाडेर भागे

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ३६


विद्रोही समूह तालिबानको त्रासपछि अफगान राष्ट्रपति असरफ गनी र त्यहाँका उपराष्ट्रपति अमरुल्लाह सले देश छाडेर भागेका छन्। बीबीसीहिन्दीका अनुसार देशका प्रमुख नै देश छाडेर भागेपछि तालिबानहरु केन्द्रीय राजधानीमा घुस्न थालेका छन्।

उनीहरु छिमेकी राष्ट्र ताजकिस्तानको शरणमा गएको बताइएको छ। गएको दश दिनयता ठूला शहर तथा केन्द्रीय राजधानीमा कब्जा जमाएपछि तालिबानले राष्ट्रपति गनीलाई राजीनामा दिन दबाब दिएका थिए। तर गनीले राजिनामा दिनुको साटो देश छाडेका हुन्।

शनिबार मात्र गनीले तालिबानको हिंसा रोक्ने र सेनाहरु संगठित गर्ने बताएका थिए। यद्यपी आइतबार नै उनी देश छाड्न बाध्य भए। तालिबानले आफूहरु काबुल शहरमा घुस्न थालेको बताउँदै त्यहाँका सबै नागरिकको सुरक्षा ग्यारेन्टी आफूले लिने बताएका छन्।

यो पनिः तालिबानको कब्जामा दोस्रो ठूलो शहर कान्दहार, संकटमा रहेको सरकारले राख्यो यस्तो प्रस्ताव…

 तालिबानको चेतावनीः अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युदण्ड

– तालिबानले देश नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिकको उद्धार गर्न हजारौं सेना पठाउँदै अमेरिका


प्रतिक्रिया दिनुहोस्