कांग्रेसका भातृ संस्थाको म्याद फेरि ६ महिना थपियो

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ४८


नेपाली कांग्रेसका भातृ संस्थाको म्याद फेरि ६ महिना थपिएको छ।

कांग्रेसले समयमा महाधिवेशन गर्न नसकेका विभिन्न भातृ संघसंस्थाकाे म्याद ६ महिना थप्ने निर्णय गरेको हो।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय पार्टीले गरेको हो।

यस्ता भातृ संस्थाको म्याद पार्टी विधानविपरीत ६/६ महिना गरी तीन पटक थपिइसकेको छ। पार्टी विधानमा महाधिवेशन गर्न नसक्ने भातृ संस्थाको म्याद एक पटकका लागि मात्रै ६ महिना थप्न सकिने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्