अफगानिस्तान तालिबानको हातमा जान लाग्यो, उनीहरु काबुलदेखि मात्र ११ किलोमिटर टाढा

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : २३


तालिबान लडाकुले शनिबार अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा लिइसकेको छ। समाचार संस्था एपीका अनुसार तालिबान लडाकु अब केन्द्रीय राजधानीदेखि मात्र ११ किलोमिटर टाढा छ।

ताजा जानकारीअनुसार अमेरिका, बेलायत र अस्ट्रेलियाका सेनाहरु यतिबेला काबुल पुग्न लागेका छन्। पुरै देश कब्जा हुन लागेपछि यी सेनाहरु आफ्नो देशका नागरिक र दूतावासका कर्मचारी स्वदेश फर्काउन आउन लागेका हुन्।

आज काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा तनावको अवस्था छ। यहाँबाट विदेशी नागरिक, दूतावासका कर्मचारी तथा अफगान नागरिक नै देश छाड्न चाहन्छन्। तालिबान यतिबेला विभिन्न प्रान्तका राजधानी कब्जा गर्दै काबुल नजिक आएका हुन्।

तालिबानी लड़ाकेअफगानिस्तानको स्थानीय प्रशासकले समाचार संस्था एपीलाई तालिबान लडाकु काबुलबाट मात्र ११ किलोमिटर टाढा छ। एपीका अनुसार तालिबान अब काबुलबाट केही पर दक्षिणमा रहेको असयाब चार क्षेत्रमा पुगेको छ। यदी अफगान सरकारले यसको पुष्टि गरेमा तालिबान काबुल नजिकै आएको हुनेछ।

यस्तै यदी काबुल नै कब्जा भयो भने यो अफगान सरकार र त्यहाँको सेनाको लागि ठूलो झट्का हुनेछ। काबुल पनि तालिबानको हातमा गए तालिबानको जित सुनिश्चित हुनेछ। हाल विदेशी राष्ट्रले आफ्ना नागरिक र कूटनीतिज्ञ फर्काइरहनु तालिबानकै जितको संकेत पनि हो।

तालिबानका शीर्ष नेताले सीएनएनसँग दिएको अन्तर्वार्तामा आफ्नो आगमनले अफगानिस्तान समृद्ध हुने दाबी गरेका थिए। उनका अनुसार तालिबान सत्तामा आए महिलामाथि कुनै भेदभाव हुनेछैन। महिलाहरुले इस्लाम धर्मले भनेको जति अधिकार प्राप्त गर्ने तालिबानको भनाइ थियो।

आज शनिबार नै अफगानिस्तानका राष्ट्रपति असरफ गनीले तालिबानसँग आत्मसमर्पण नगर्ने संकेत गरेका थिए। उनले देशवासीको नाममा सम्बोधन गर्दै आफ्ना सेनालाई एकिकृत गर्ने र जारी हिंसा रोक्नमा आफ्नो ध्यान केन्द्रीत हुने बताएका थिए।

गनीले आजै राजीनामा दिनसक्ने भनेर हल्ला चलेको थियो यद्यपी तालिबान काबुलतर्फ बढ्दै गर्दा उनले तालिबानसँग भिड्ने मनसाय बनाएका थिए। हाल पनि सरकारी सेना र तालिबानबीच लागोर प्रान्त लगायत अन्य विभिन्न क्षेत्रमा हिंस्रक भिडन्त भइरहेको छ। यसबीचमा तालिबान काबुल नजिकै आइपुगेको खबर आएको हो।

तालिबान असरफ गनीलाई राष्ट्रपति मान्दैन। उनलाई तालिबानले विदेशी शक्तिको कठपुतली भएको आरोप लगाउँछ।

यो पनिः तालिबानको कब्जामा दोस्रो ठूलो शहर कान्दहार, संकटमा रहेको सरकारले राख्यो यस्तो प्रस्ताव…

 तालिबानको चेतावनीः अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युद

– तालिबानले देश नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिकको उद्धार गर्न हजारौं सेना पठाउँदै अमेरिका


प्रतिक्रिया दिनुहोस्