प्रधानमन्त्री देउवाले भनेः पारस खड्काले हामीलाई क्रिकेटमा सपना देख्न प्रेरित गरे

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ०७


अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटे गरेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटका क्रममा प्रधानमन्त्री देउवाले पारसको प्रशंसा गर्दै भने,‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद।’

देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस्