राजीनामा दिने हल्लाबीच अफगान राष्ट्रपतिको सम्बोधन, निडर हुँदै भनेः हिंसा रोक्न केन्द्रित छु

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : ३१


अफगानिस्तानका राष्ट्रपति असरफ गनीले पदबाट राजीनामा दिने हल्लाकाबीच भएको देशवासीको सम्बोधनमा उनी निडर र अडिग देखिएका छन्। देशका १९ वटा प्रान्तीय राजधानी कब्जा गर्दै विद्रोही तालिबान देश कब्जा गर्ने होडका साथ केन्द्रीय राजधानी काबुल नजिकै आइसकेका छन्।

यद्यपी राष्ट्रपति असरफ गनीले शनिबार देशवासीलाई निडर हुँदै सम्बोधन गरेर भने,‘पछिल्लो २० वर्षमा जे हासिल गरेका छौं त्यसलाई हामी गुमाउन दिँदैनौं। हामी अफगान नागरिकको हत्या हुन दिँदैनौं र सार्वजनिक सम्पत्ति थप नष्ट हुन दिँदैनौं।’

बीबीसीका अनुसार रेकर्ड गरिएको सन्देशमा गनीले आफू देश र नागरिकको भविष्यलाई लिएर चिन्तित भएको बताएका छन्। उनले भनेका छन्,‘म तपाइँलाई राष्ट्रपतिको रुपमा यो भरोसा दिलाउन चाहन्छु कि मेरो ध्यान देशको अस्थिरता, हिंसा र विस्थापन रोक्नमा केन्द्रित लागि हुनेछ।’

उनले तालिबान आक्रामक भइरहेको समयमा अफगानिस्तानका सेनालाई एकजुट बनाउनुमा सरकार लागि परेको र सेनालाई हौसला दिनु नै अहिलेको प्राथमिकता भएको उल्लेख गरेका छन्।

यतिबेला तालिबान लडाकुहरु केन्द्रीय राजधानी काबुलभन्दा ५० किलोमिटर मात्र टाढा छन्। कान्दहार र हेरातजस्ता प्रमुख शहरहरु तालिबानको नियन्त्रणमा छ। प्रमुख शहर तथा राजधानीमा कब्जा जमाउनुलाई तालिबानको ठूलो जित मानिएको छ। बीबीसीका अनुसार तालिबानले कब्जा गरेको प्रान्तीय राजधानी फुल–ए–आलम लोगार प्रान्तमा पर्दछ। लोगार प्रान्त काबुलदेखि मात्र ५० किलोमिटर टाढा छ। यहाँबाट केन्द्रीय राजधानी काबुल पुग्न मात्र दुई घण्टा लाग्छ।

यसको मतलब जतिबेला पनि तालिबानले आक्रमण गरेर काबुल कब्जा गर्ने लक्ष्य नजिक पुगेका छन्। अमेरिकाले ३० दिन भित्र काबुल पनि तालिबानको हातमा जाने अनुमान गरेको छ। यद्यपी तालिबानले त्यो भन्दा कम समयमै काबुल कब्जा गर्ने देखिएको छ। जसका कारण अमेरिका र बेलायतले अफगानिस्तानबाट आफ्ना सबै नागरिक तथा कूटनीतिज्ञहरु फर्काउने तयारी थालेको छ। उनीहरुले त्यहाँ सेना पठाएर नै उद्धार कार्य गर्ने भएका छन्।

यो पनिः तालिबानको जित हुने देखेपछि क्यानडाले भन्योः २० हजार अफगानीलाई शरण दिन्छौं

 तालिबानको चेतावनीः अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युद

– तालिबानले देश नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिकको उद्धार गर्न हजारौं सेना पठाउँदै अमेरिका


प्रतिक्रिया दिनुहोस्