सर्वोच्चको आदेशः खोप केन्द्र जान नसक्नेलाई घरमै गएर खोप लगाईदिनू

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ३५


सर्वोच्च अदालतले शुक्रबार खोप केन्द्रसम्म जान नसक्ने व्यक्तिहरुलाई घरमै गएर भएता पनि खोप लगाईदिन अन्तरिम आदेश दिएको छ।

अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने व्यक्ति, दीर्घरोगी तथा फरक क्षमता भएका नागरिहलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा आदेश जारी गरेको हो।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो।


प्रतिक्रिया दिनुहोस्