हत्या अभियोग लागेका पूर्वमन्त्री आलमको मुद्दा हेर्न नमिल्ने!

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ५७


१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको सुनुवाई नहुने भएको छ।

आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले आफूले सुनुवाइ गर्न नमिल्ने बताएका हुन्।

शुक्रबार आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र रेग्मीको इजलासमा परेको थियो। न्यायाधीश रेग्मीले आलमको मुद्दासँग सम्बन्धित एउटा निवेदनमा पहिला आदेश गरिसकेकाले अहिले हेर्न नमिल्ने बताएको इजलासमा उपस्थित आलमका वकिल योगेन्द्र अधिकारीले जानकारी दिए।

२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन्।


प्रतिक्रिया दिनुहोस्