ओली इंगित गगन थापाको टिप्पणीः आफ्नै उपचार गर्न सरकारको ढुकुटीमा हात फैल्याउनुपर्छ

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ३९


पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्माा ओलीले घाइते र द्वन्द्व पीडितलाई उपचार गर्छु भनेपछि काँग्रेस सांसद गगन थापाले त्यसको जवाफ फर्काएका छन्।

हालै ओलीले संसदमा सरकारलाई प्रश्न गर्दै घाइते तथा द्वन्द्व पीडितलाई सरकारले न्याय दिनुपर्ने र उपचार गर्नुपर्ने बताउँदै खादा ओडाएर मात्र जिम्मेवारी नसकिने बताएका थिए। उनले सरकारले नसकेमा थापाथलीस्थित एमाले पार्टी कार्यालयमा उनीहरुलाई पठाउन आग्रह गर्दै उनीहरुको उपचार आफूले गर्ने बताएका थिए।

त्यसको जवाफमा बिहीबार प्रतिनिधिसभाको वैठकमा गगन थापाले भनेका छन्,‘कठैबरा आफ्नो उपचार गर्नु त सरकारको ढुकुटीमा गएर हात फैल्याउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान्।’

उनले सर्वोच्च अदालतको परमादेशबाट सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार उस्तै रहेको बताउँदै सरकारले कामले जवाफ दिनुपर्ने उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस्