कुनै समयका कट्टर प्रतिद्वन्द्वी अहिले सहपाठी, जिममा हाँसिरहेको भेटिए (भिडिओ)

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : ५०


बार्सिलोना र रियल मड्रिड स्पेनका दुई सुपरस्टार क्लब हुन्। एउटै देशमा भएता पनि यी क्लबले एक–अर्कालाई कहिल्यै समर्थन गदैनन्। क्याटलोनिया राज्यमा बार्सिलोना क्लब छ र रियल मड्रिड राजधानी मड्रिडमा छ। क्याटलोनिया वास्तवमा स्पेनबाट छुट्टिन चाहन्छ। यो राज्यले सम्झिन्छ कि राजधानी र सरकारबाट उ प्रताडित र शोषित छ। ठिक यो राज्य र राजधानीबीचको विवाद बार्सिलोना र रियल मड्रिड क्लबबीच पनि झल्किएको हो।

यी दुई क्लब एकअर्कालाई कहिल्यै समर्थन गर्दैनन्। खेल हुँदा त विश्वका फ्यानहरु दुई ध्रुवमा बाँडिन्छ भनिन्छ। कारण यी दुई क्लबका आ–आफ्नै कट्टर समर्थकहरु छन्। यसअघि बार्सिलोनाबाट लियोनल मेस्सीले खेल्थे भने सर्जियो रामोसले रियल मड्रिडबाट खेल्थे। यी दुवै गत सिजनसम्म दुवै क्लबका कप्तान थिए। दुवै स्टार खेलाडी पनि हुन्।

ला लिगा, च्याम्पियन्स लिग लगायत विभिन्न प्रतिस्पर्धामा उनीहरु कट्टर प्रतिद्वन्द्वीको रुपमा मैदानमा उत्रिएका छन्। धैरैपटक उनीहरुको धक्कामुक्की पनि भएको थियो। तर नाटकीय रुपमा यतिबेला दुवै पेरिस सेन्ट जर्मेन पीएसजीमा एकसाथ खेल्ने भएका छन्। पहिले मेस्सी र रामोस एकै क्लबमा भएता पनि बार्सा र मड्रिडमा हुँदाको प्रतिद्वन्द्वान्मक भावनाका कारण उनीहरु मिल्दैनन् भन्ने धेरैले आशंका गरेका थिए।

(भिडिओ)

तर यतिबेला मेस्सी र रोमोसले सँगै प्रशिक्षण गरेको जिममा अभ्यास गरेको देखिएको छ। उनीहरुले हाँस्दै रमाइलो गरेको भिडिओ र फोटो सार्वजनिक भएपछि भने त्यो भ्रम तोडिएको छ। उनीहरु दुवै स्टार खेलाडी हुन् र उनीहरुले क्लबमा आएपछि आफ्नो उद्देश्य च्याम्पियन्स लिग जित्नु भएको बताइसकेका छन्।

पहिले जे भएता पनि अब उनीहरु एकै क्लबमा छन् र एअर्काका परिपुरक भएर क्लबको हितको लागि खेल्नेछन्। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्