तालिबानको कब्जामा तेस्रो ठूलो शहर हेरात, गजनीका गभर्नरलाई पनि नियन्त्रणमा लिए

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : ३९


अफगानिस्तानको तेस्रो ठूलो शहर हेरात पनि तालिबानको कब्जामा आएको छ। बिहीबार राजधानी काबुलदेखि १५० किलोमिटर पर रहेको गजनी प्रान्तको राजधानी कब्जा गरेकै दिन हेरात पनि तालिबानको नियन्त्रणमा आएको हो।

एएफपीका अनुसार तालिबानले हेरातको प्रहरी मुख्यालयमा आफ्नो झण्डा फहराएका छन्। तालिबानले ट्विटरमा जानकारी दिँदै भनेका छ,‘दुश्मन भागे, दर्जनौं सैन्य सवारी, हतियार र गोलीगठ्ठा मुजाहिदिनको हात परेको छ।’

एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गरिरहेको तालिबानले हालसम्म ३४ मध्ये १० वटा राजधानी कब्जा गरिसकेको छ। हेरात र गजनी शहरमा कब्जा गरेपछि भने तालिबानको आत्मबल झनै उच्च भएको अनुमान गरिएको छ।

यस्तै गजनीका गभर्नर दाउद लघमानीलाई पति तालिबानले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ। काबुल जाने क्रममा उनी तालिबानको नियन्त्रणमा परेका हुन्। यद्यपी गभर्नर र तालिबानबीच साँठगाँठ भएको अनुमान गरिएको छ।

हाल कान्दहर तथा लस्कर गाहजस्ता मुख्य शहरमा भिषण लडाइँ भइरहेको छ। यो शहरमा सरकारी सेनाले तालिबान रोक्न नसके तालिबानलाई काहीँ रोक्न नसक्ने बताइन्छ। तालिबानले देशै कब्जा गरेर सत्तामा आउन चाहेको छ।

तालिबान लड़ाकेशान्ति सम्झौता

सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो।

कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ।

नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ।

तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ।

त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ। यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गर्दै कयौं स्थान नियन्त्रणमा लिएका छन्।

अमेरिकी सेनाले फेरि सरकारी सेनालाई तालिबानविरुद्ध सघाउँदा गृहयुद्ध अन्त्य नहुने लक्षण देखिएको छ।

ग़ज़नी पर तालिबान का कब्ज़ाग़ज़नी पर तालिबान का कब्ज़ाग़ज़नी पर तालिबान का कब्ज़ापृष्ठभूमि

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो।

सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्