‘सक ट्रायल’ पार गरेपछि अमेरिकाले भन्योः चीन र रुसको क्षेप्यास्त्रसँग डर छैन

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ०३


अमेरिकी नौसेनाले हालै आफ्नो यूएसएस जेराल्ड आर. फोर्ड युद्धपोतको ‘सक ट्रायल’ पुरा गरेको छ। सक ट्रायल पुरा गरेसँगै अमेरिकी नौसेनाले एउटा विज्ञप्ती जारी गर्दै अब आफूलाई चीन र रुसको जहाज ध्वस्त बनाउने क्षेप्यास्त्रसँग डर नभएको उल्लेख गरेको छ।

यसअघि यो युद्धपोतको सक ट्रायल जुन १५, जुन १८ मा पनि भएको थियो। अन्तिमपटक फ्लोरिडाको आन्द्र महासागरमा यसैहप्ताको आइतबार युद्धपोतको सक ट्रायर पुरा भएको हो।

सक ट्रायलबाट जहाजलाई कुनै क्षति नपुगेको विज्ञप्तीमा जनाइएको छ। यस परीक्षणको लागि १८ टन विस्फोटकको प्रयोग भएको थियो। युद्धपोत नजिकै विस्फोटक विस्फोटन हुँदा ३.९ म्याग्निच्युडको भूकम्प नै गएको थियो।The USS Gerald R. Ford withstands a planned explosion during shock trials. Photo: Twitter

समुद्री युद्धमा युद्धपोत महत्वपूर्ण हतियार हो। यसमा युद्धक विमानहरु राख्न सकिन्छ भने यसमा क्षेप्यास्त्र हान्ने र क्षेप्यास्त्र रोक्ने हतियार प्रविधि जडान हुन्छ।अनेक चरणका परीक्षण पार गरेपछि यसलाई समुद्रमा तैनाथ गरिन्छ, अर्थात यो युद्धको लागि तयार हुन्छ।

विस्फोटक पदार्थ नजिकै राखेर युद्धपोतको क्षमता परीक्षण गरिने कार्यलाई सक ट्रायल अथवा ‘फुल सिप सक ट्रायल’ भनिन्छ जसमा अमेरिकी नौसेनाको युद्धपोत पास भएको छ। सन् १९८७ यता अमेरिकाले पहिलोपटक युद्धपोतमा यस्तो परीक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। हाल परीक्षण गरिएको यस युद्धपोतलाई सन् २०२४ भित्र समुद्रमा तैनाथ गरिने बताइएको छ।

अमेरिकाले फोर्ड–क्लासका अन्य तीन युद्धपोत यूएसएस जोन एफ. केनिडी ‘सीभीएन–७९’ , युएसएस इन्टरप्राइज ‘सीभीएन–८०’ तथा यूएसएस डोरिस मिलर ‘सीभीएन–८१’ पनि परीक्षण गरिरहेको छ।
(भिडिओ)


प्रतिक्रिया दिनुहोस्