दुखद घटनाः चराले ठुङ्दा पाँच महिने शिशुको गयो ज्यान

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ५९


अस्ट्रेलियाको ब्रिस्बेनमा एउटा चराका कारण पाँच महिने शिशुको मृत्यु भएको छ।

एबीसी न्युजका अनुसार यसैहप्ताको आइतबार बच्चाकी आमा सिमोन पार्कमा घुम्न गएकी थिइन् तर त्यहाँ उनलाई अस्ट्रेलियन म्याग्पी नामक चराले ठुङ्न थाल्यो।

सिमोन आफ्नो बच्चा जोगाउने प्रयास गर्दा गर्दै भुइँमा लडिन् अन्ततः बच्चालाई गम्भीर चोट लागेपछि शिशुको मृत्यु भएको हो।

प्रत्यक्षदर्शीले संचारमाध्यमलाई दिएको जानकारी अनुसार म्याग्पी चराले बच्चाकी आमा सिमोनलाई आक्रमण गरिरहेको थियो जसका कारण उनी लड्न पुगिन्।

यतिबेला अस्ट्रेलियामा गोफन्डमि क्याम्पिङ चलेको छ। मानिसहरुले बच्चा र उनका परिवारको लागि आर्थिक सहायता जुटाइरहेका हुन्।The NZ locations you're most likely to be attacked by a magpie | Newshub


प्रतिक्रिया दिनुहोस्