च्याम्पियन्स लिग विजेता चेल्सीले सुपर कप पनि जित्यो

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ४४


गत सिजनको च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि पनि हात पारेको छ।

युरोपा लिगा विजेता स्पेनिस क्लब भिल्लारियललाई बुधबार राति पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा सोही नतिजा कायम भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउट अगाडि चेल्सीका हाकिम जियचले खेलको २७ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको ७३ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरेनाले बराबरी गोल फर्काएका थिए।


प्रतिक्रिया दिनुहोस्