हिमाचलमा फेरि अर्को डरलाग्दो पहिरो, बस र गाडी पुरिँदा १३ को मृत्यु (फोटो/भिडिओ)

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : २४


भारतको हिमाचल प्रदेशमा फेरि अर्को डरलाग्दो पहिरो गएको छ। पहिरोले गाडी तथा ट्रकहरु पुर्दा हालसम्म १३ जनाको मृत्यु भएको खबर छ।

बीबीसीहिन्दीका केही समय अगाडि चट्टानी पहिरो गएकै किनौर जिल्लामा पहिरो गएको हो। हाल उद्धार कार्य जारी राखिएको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ।हिमाचल प्रदेश में पहाड़ दरकने से हादसाजिल्लाको जनसम्पर्क अधिकारीका अनुसार बुधबारको पहिरोमा हालसम्म १३ को मृत्यु र १३ घाइते भएका छन्। एनएच–०५ ज्युरी रोडमा यो पहिरो खसेको छ।

भिडिओ

यो घटनाको फोटो र भिडिओ सार्वजनिक भएको छ। जहाँ पहिरो खसेको प्रस्ट देख्न सकिन्छ। यसअघि यही क्षेत्रमा चट्टानी पहिरो जाँदा ७ जनाको घटनास्थलमै ज्यान गएको थियो। त्यसपछि फेरि यही प्रदेशमा एउटा पहाडको आधा भाग नै खसेको थियो।हिमाचल प्रदेश के किन्नौर में 11 अगस्त 2021 (बुधवार) को पहाड़ दरकने से निकले बोल्डर और मलबे की चपेट में आया एक वाहन


प्रतिक्रिया दिनुहोस्