भारत ईओएस–०३ भू–उपग्रह प्रक्षेपण गर्न असफल, इन्जिन बिग्रियो

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : ५३


भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ‘इसरो’ को भू–उपग्रह प्रक्षेपण असफल भएको छ।

इसरोले ईओएस–०३ उपग्रह अन्तरिक्षमा पठाउन खोजेको थियो। तर उक्त मिसन भू–उपग्रहको इन्जिनमा आएको खराबीका कारण असफल हुन पुगेको बीबीसीले जनाएको छ।

श्रीहरिकोटस्थित सतिह धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहानै ५ बजेर ४३ मिनेटमा प्रक्षेपण सुरुवात गरिएको थियो।

पहिलो र दोस्रो चरणसम्म भू–उपग्रहको अवस्था ठिक भएता पनि अन्तिम चरणमा इन्जिन बिग्रिएको बताइएको छ।

रकेट सफसलतापूर्वक उडेता पनि भू–उपग्रह भने लन्च गर्न नसकिएको हो।


प्रतिक्रिया दिनुहोस्