लेखक संग्रौला भन्छन्ः देउवा सरकार हुतिहारा, मौसमी राष्ट्रवादी ओली

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : ३१


समसामयिक विषयमा आफ्ना भनाइ राख्ने र कलम चलाउने चर्चित लेखक खगेन्द्र संग्रौलाले वर्तमान सरकारलाई हुतिहारा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसमी राष्ट्रवादीको संज्ञा दिएका छन्।

नागरिक आन्दोलनका अगुवासमेत रहेका संग्रौलाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले भारतीय अत्याचारको विरोध गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।

यसबीचमा ओलीले देउवाको आलोचना गर्नु जायज नै भएको उनको तर्क छ।

‘भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंह धामीलाई महाकालीमा डुबाएको देख्ने जिउँदा प्रमाण छन्। तर छानबिन टोली धुलामा सियो खोजेझैँ प्रमाण खोज्या खोज्यै छ,’ संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘गठबन्धन सरकारले कूटनीति पहल गरी दिल्लीका दादाछेउ विरोध गर्ने हुतीधरी दुखाएन। यो हुतिहारालाई मौसमी राष्ट्रवादी ओली किन नगिज्याउन्?’


प्रतिक्रिया दिनुहोस्