लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले दाबी पेश गर्दै

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १० : २०


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले आज दाबी पेश गर्ने भएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए।

माओवादी केन्द्र र काँग्रेसले आलोपालो सरकार चलाउने हिजै तय भएको थियो। त्यसकारण आजै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।

उनका अनुसार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय गएर सरकारको लागि दाबी पेश गरिनेछ। ४१ सांसदको हस्ताक्षरसहित कुलप्रसाद केसी त्यहाँ पुग्नेछन्।


प्रतिक्रिया दिनुहोस्