कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाविधेशन केन्द्रित छलफल हुने

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २७


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशनका विषयमा छलफल हुनेछ।

महाविधेशन कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदनलगायतका मुख्य विषयमा छलफल केन्द्रित हुनेछ।

विविध कारणले महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले आजको बैठकमा नयाँ कार्यतालिकाको विषयमा छलफल हुने एक नेताले बताए।

आजको बैठकमा निर्वाचन निर्देशिका तथा विवादित क्रियाशील सदस्यताका बारेमा समेत छलफल हुनेछ।

बुधबार राति पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन गर्ने दोहो¥याएका थिए।

क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलगायत कारणले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्।

महाधिवेशन सुरु हुन तीन साता बाँकी हुँदा बस्न लागेको केन्द्रीय समिति बैठकले महाधिवेशनका विषयमा ठोस निर्णय लिनेछ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार महाविवेशन सम्पन्न गर्न कठिन हुने देखिएको र महाधिवेशन सार्न समेत संवैधानिक प्रावधानका कारण नमिल्ने भएकाले कसरी निकास खोज्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस्