ओली भन्छन्ः घाइते तथा अपांगको सरकारले नसके एमालेले उपचार गर्छ

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ३९


एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमको कटाक्ष गर्दै सरकारले नसके एमालेले घाइते तथा अपांगता भएका व्यक्तिको एमालेले उपचारगर्ने बताएका छन्

सरकारको कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गर्दै उनले भनेका छन्,‘घाइते, अपांगको अवस्था दयनीय छ। सरकारले उपचार नगर्ने हो भने थापाथलीमा रहेको एमाले कार्यालय पठाउँदा हुन्छ हामी उपचार गर्छौं।’

प्रचण्डलगायतका सत्ता गठबन्धनलाई ओलीले व्यंग्य गर्दै प्रश्न गरेका छन्,‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे खादा ओढाएर द्वन्द्व पीडितलाई अल्मल्याउन खोजेको हो?’


प्रतिक्रिया दिनुहोस्