यौन चाहना मेटाउन एक व्यक्तिले अर्का व्यक्तिको हत्या गरे त्यसपछि पकाएर खाए!

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ०४


जर्मनीमा एक ४१ वर्षका शिक्षकले यौन चाहना मेटाउन अर्का एक व्यक्तिको हत्या गरेर उनको शरीर पकाएर खाएका छन्।

हिसाब र रसायनशास्त्रका शिक्षक रहेका उनलाई गिरफ्तार गरिएको छ। उनीमाथि हत्या अभियोग लागेको छ भने उनसँग प्रहरीले थप कारण पत्ता लगाउन अनुसनधान गरिरहेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार स्टेफान टी नाम गरेका एक मेकानिकसँग उनको डेटिङ साइटमा पहिलोपटक भेट भएको थियो।

तर अन्ततः भेट्न राजी भएपछि ती व्यक्तिले स्टिफनको हत्या गरेको बताइएको छ। अनुसन्धानकर्ताले स्टिफनको शरीरलाई हत्याराले यौन चाहना मेटाउन पकाएर खाएको बताएका छन्।

यसअघि २० वर्ष अगाडि जर्मनीमा यस्तै घटना घटेको थियो। त्यसबेला पनि यौन चाहना मेटाउन एक व्यक्तिले पुरुषको हत्या गरेर उनको शरीर खाएका थिए।

त्यो घटनालाई ‘क्यानिबल अफ रोटेनबर्ग’ भनेर सम्झना गरिन्छ।


प्रतिक्रिया दिनुहोस्