लुम्बिनीमा बिहीबार ३ बजेसम्म नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनको आव्हान

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ३४


लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भोलि अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्।

बुधबार एक सूचना जारी गर्दै २४ घण्टाभित्र उनले सरकार गठनका लागि दललाई आव्हान गरेका हुन्। उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भनेका छन्।

यसअघि आजै लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले बुझाएको राजीनामा स्वीकृत भएको थियो।

आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुन अगावै पोखरेलले राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्