सभामुख सापकोटा भन्छन्ः एमसीसी अनुमोदन राष्ट्रिय सहमतिमा हुनुपर्छ

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ०८


सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रिय सहमतिमा अनुमोदन हुनुपर्ने बताएका छन्।

उनले अब एमसीसी जनताको घर–घरको विषय भएको भन्दै यस विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन्। बुधबार पत्रकारसँग कुरा गर्दै उनले आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको उल्लेख गरे।

एमसीसीमा राष्ट्रिय सहमति भए यसलाई अघि बढाउन सजिलो हुने उनको भनाइ छ। यतिबेला अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ।

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्