नेपालमा २४ घण्टामा ३ हजार ४८१ संक्रमित थपिए, उपत्यकामा मात्र ९३४ भेटिए

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ५८


नेपालमा गएको २४ घण्टामा ३ हजार ४८१ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र ९३४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ३० जनाको मृत्यु भएको जनाइएको छ। मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८८५ जना सङ्क्रमणमुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस्