च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ, क्लबसँग राम्रा खेलाडी छन्ः मेस्सी

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ०६


अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीमा आउनुको आफ्नो मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु रहेको बताएका छन्।

पीएसजीले हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन। मेस्सीको आगमनसँगै पीएसजी झनै बलियो भएको छ र नयाँ सिजनमा हुने च्याम्पियन्स लिगको लागि पीएसजी तयार भएको छ।

मंगलबार पीएसजीसँग दुई वर्षे सम्झौतामा हस्ताक्षर भइसकेपछि पहिलोपटक आयोजना भएको पत्रकार सम्मेलनमा क्लबलाई च्याम्पियन्स लिग जिताउनु आफ्नो इच्छा भएको बताएका हुन्।

उनले क्लब र आफ्नो उद्देश्य एकै भएको र च्याम्पियन्स लिग जिताउनसक्ने उत्कृष्ट खेलाडीहरु पीएसजीसँग भएको उनको भनाइ छ।

नेमार, पारादेस तथा डिमारियाजस्ता खेलाडी भएकाले आफूलाई पीएसजीमा घुलमिल हुन गाह्रो नहुने पनि उनको भनाइ छ। मार्का


प्रतिक्रिया दिनुहोस्