अल्जेरियाको जंगलमा भीषण आगलागी, २५ सेनासहित ४२ जनाको मृत्यु

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ४१


उत्तर अफ्रिकी राष्ट्र अल्जेरियाको जंगलमा भीषण आगलागी हुँदा जंगलमा तैनाथ २५ सेनासहित ४२ नागरिकको मृत्यु भएको छ।

गत सोमबारदेखि त्यहाँका जंगलमा अनगिन्ती आगलागी जारी रहेको मन्त्री कामेल बेल्दजाउदले जनाएका छन्।

५० भन्दा बढी स्थानमा आगजनी भएको बताइएको छ। यो आगजनीमा आपराधिक समूह लागि परेको हुनसक्ने आशंका गरिएको छ। यो विषयमा यतिबेला अनुसन्धान भइरहेको छ।

आगलागीमा सेनासहित सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको सरकारले दुःख व्यक्त गरेको छ। हाल आगो निभाउने कार्य जारी राखिएको छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्