एसियाली विकास बैंकद्वारा नेपाललाई १९ अर्ब ५८ करोड सहुलियत ऋण , खोप खरिद गर्ने

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : २१


एसियाली विकास बैंक एडीबीले नेपाललाई १९ अर्ब ५८ करोड सहुलियत ऋण प्राप्त गरेको छ। यो रकमबाट नेपालले खोप खरिद गर्नेछ।

बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यो ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरिनेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।

 


प्रतिक्रिया दिनुहोस्