अमेरिकामा बाढीको खतरनाक रुप, लिफ्ट भित्र मान्छेको घाँटीसम्मै पुग्यो पानी (भिडिओ)

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : १३


अमेरिकाको नेब्रास्कामा भिषण वर्षाका कारण ठूलो बाढी निम्तिएको छ।

हालै नेब्रास्काको एउटा भिडिओ सार्वजनिक भएको जहाँ बाढी एउटा भवनको लिफ्ट भित्रसम्म पसेको देखिएको छ। भिडिओमा देखिएअनुसार बिजुली गएपछि उनीहरु लिफ्टमा फस्छन्।

त्यसपछि बिस्तारै बाढी लिफ्टमा पस्छ र त्यहाँ पानी उनीहरुको घाँटीसम्म आइपुग्छ। उनीहरु साथीहरुको सहयोगमा लिफ्ट खोल्न सक्षम हुन्छन् र त्यहाँबाट उम्कन सक्छन्। बीबीसी

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्