जलपरी गौरिकाले खोपिन ओलम्पिक ट्याटु (भिडिओ)

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ५५


नेपालकी चर्चित पौडीबाज गौरिका सिंहले ओलम्पिकको ट्याटु खोपेकी छिन्।

हालै टोकियो ओलम्पिकमा सहभागी गौरिकाले खेल सम्पन्न भएपछि नै ओलम्पिकको ट्याटु खोपेकी हुन्। उनले ट्याटु खोपेको भिडिओ सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।

ट्याटु खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छिन्।

 

View this post on Instagram

 

A post shared by Gaurika Singh (@gaurikasinghh)

जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ११ मिलिसेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि उनको नाममा १ः ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।

ओलम्पिकको ट्याटु खोप्नले उनले ओलम्पिक जितेरै छाड्ने दृढता राखेको बुझ्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्