लुम्बिनीमा जसपाका थप दुई मन्त्रीले पनि राजीनामा दिँदै

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ०७


जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले पनि राजीनामा दिने भएका छन्।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए।

उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जसपाले सांसदबाट पदमुक्त गरिसकेको छ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिइसकेकी छन्।

यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए।


प्रतिक्रिया दिनुहोस्