एमाले एकताका लागि यस्तो छ भीम आचार्यको ८ बुँदे अपिल

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : ०१


नेकपा (एमाले)का सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्।

विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देश विदेशमा रहेका नेपालीसमक्ष अपिल गरेका हुन्।

‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रर्वत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।’

हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित-हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेका आचार्यले उल्लेख गरेका छन्। त्यसबाट एकता पक्ष्यधरहरु हतोत्साहित हुन नहुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्