मेस्सीलाई नेमारले गरे स्वागत, पेरिसमा मेस्सी हेर्नेको घुइँचो, बिछ्याइयो रेड कार्पेट

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ०२


अर्जेन्टिनी स्टार लियोनल मेस्सी पीएसजीमा अनुबन्ध हुने पक्का भएपछि ब्राजिलिएन स्टार नेमार जुनियरले मेस्सीलाई स्वागत गरेका छन्।

सामाजिक संजालमा ‘फेरि सँगै भइयो’ भनेर नेमारले पोस्ट गरेका छन्। यसैबीच पेरिसमा मेस्सीलाई हेर्नेको घुइँचो लागेको मार्काले जनाएको छ।

यतिबेला मेस्सीलाई स्वागत गर्न पीएसजी फुटबल क्लबको स्टेडियममा रेड कार्पेप बिछ्याइएको छ।

अबको केहीबेरमै मेस्सी पेरिस पुग्ने र सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्।

बार्सिलोनाबाट नचाहँदा नचाहँदै मेस्सी बाहिरिनु परेको थियो। ला लिगाको सिमित तलबको नियमका कारण मेस्सी बार्सामा बस्न नसकेका हुन्।

मेस्सीले नयाँ सिजन पीएसजीमा नेमार जुनियर, केलिएन एमबाप्पे, सर्जियो रामोसजस्ता खेलाडीसँग सँगै खेल्नेछन्।

मेस्सीको आगमनले पीएसजी विश्वकै बलियो क्लब हुने अनुमान गरिएको छ। पीएसजीको पहिलो च्याम्पियन्स लिग सपना पनि पुरा हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्