अन्ततः मन्त्रिपरिषदबाट कुलमानलाई विद्युत प्राधिकरण ल्याइयो

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५१


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक कुलमान घिसिङ नियुक्त भएका छन्।

हिजो सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो।

प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यले राजीनामा नदिएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा घिसिङलाई नियुक्ति दिन प्रस्ताव पेश गरेकी थिइन्।

यस्तै भुसालले नै शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्।

यसअघि शाक्यले सरकारले आफूलाई कामगर्ने उपयुक्त ठाउँ दिएमात्र राजीनामा दिने बताउँदै आएका थिए।

कुलमानले बुधबार नै कार्यभार सम्हाल्नसक्ने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्