ओली लक्षित नेपालको टिप्पणीः शिर झुकाँइदैन, चुनौती दिन्छौं

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : २३


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओली लक्षित कडा टिप्पणी गरेका छन्।

नेपालले प्रचण्ड–देउवालाई सहयोग गरेकै कारण आफ्नो सरकार ढलेको ओलीले बताउँदै आएका छन्।

उनले नेपाललाई धोकेबाज र कातरको संज्ञा दिँदै आएका थिए। यद्यपी यतिबेला ओली नेपाल एमालेमै आउनुपर्ने र मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्। तर ओलीले नेपालले माफी माग्नुपर्ने सर्त राख्दै आएका छन्।

यसबीचमा वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कसैसँग शिर निहुराएर सम्झौता नगर्ने बताएका हुन्।

आज मंगलबार नयाँ बानेश्वरमा अनेरास्वसवियुले आयोजना गरेको कार्यक्रममा नेपालले ओलीलाई सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका हुन्।

उनले भनेका छन्,‘दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिईनेछ। तिनीहरुलाई माथ गरेर नै अगाडि बढिनेछ।’


प्रतिक्रिया दिनुहोस्