श्रीमान रणवीरको जति पारिश्रमिक माग्दा दीपिका चलचित्रबाटै निकालिइन्

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ०६


भारतकी चर्चित अभिनेत्री दीपिका पादूकोण ‘बैजु बावरा’ नामक चलचित्रबाट निकालिएकी छिन्।

आफ्ना श्रीमान अभिनेता रणवीर सिंह जति नै पारिश्रमित माग गर्दा उनी चलचित्रबाट निकालिएको इन्डिया टाइम्स डटकम लगायत कयौं भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतीय निर्देशक तथा निर्माता सञ्जय लिला भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा दीपिका र रणवीर फेरि सँगै देखिने चर्चा थियो।

तर श्रीमान जति नै पारिश्रमिक मागेका कारण उनलाई हटाइएको हो। भारतमा पुरुष र महिला कलाकारलाई दिइने पारिश्रमिकमा भिन्नता भएको यसअघि पनि कयौं खबरहरु आएका थिए।

दीपिकाले यसअघि भन्सालीकै निर्देशनमा बनेको राम–लिला, बाजिराव मस्तानी र पद्मावत चलचित्रमा काम गरिसकेकी थिइन्।

सो चलचित्रहरुमा रणवीर सिंह र दीपिकाको जोडी रुचाइएको थियो।


प्रतिक्रिया दिनुहोस्