गएको २४ घण्टामा झन्डै ५ हजारमा देखियो कोरोना, ३५ को मृत्यु

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ५०


नेपालमा गएको २४ घण्टामा सोमबारभन्दा बढी व्यक्तिमा कोरोना देखिएको छ।

सोमबार ३६ सय व्यक्तिमा कोरोना देखिएको थियो भने आज ४ हजार ९०४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षण गरिएको थियो।

यस्तै अन्य २ हजार ११५ कोभिड संक्रमित निको भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

६ लाख ७३ हजार १९८ जना भने कोरोनामुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस्