अन्ततः मेस्सी र पीएसजीबीच सम्झौता हुने पक्का

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०७


अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन पीएसजीबाट दुई वर्ष खेल्ने पक्का भएको छ।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार मेस्सी र पीएसजीबीच सम्झौता भएको छ र त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ।

मंगलबार नै मेस्सीले पीएसजीसँगको सम्झौतामा हस्ताक्षर गर्ने तय भएको बताइएको छ।

बार्सिलोनाबाट नचाहँदा नचाहँदै मेस्सी बाहिरिनु परेको थियो। ला लिगाको सिमित तलबको नियमका कारण मेस्सी बार्सामा बस्न नसकेका हुन्।

मेस्सीले नयाँ सिजन पीएसजीमा नेमार जुनियर, केलिएन एमबाप्पे, सर्जियो रामोसजस्ता खेलाडीसँग सँगै खेल्नेछन्।

मेस्सीको आगमनले पीएसजी विश्वकै बलियो क्लब हुने अनुमान गरिएको छ। पीएसजीको पहिलो च्याम्पियन्स लिग सपना पनि पुरा हुने देखिएको छ।

मेस्सीलाई स्वागत गर्न पीएसजीले आइफिल टावर भाडामा लिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्