भारत भित्रकै दुई राज्यबीचको सीमा विवाद दुई देशबीचको युद्धजस्तै!

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ०४


भारतको मिजोरम र असम राज्यबीचको सीमा विवादले द्वन्द्वको रुप लिएको छ। सो दुई राज्यका मुख्यमन्त्री पनि सामाजिक संजालमा आरोप र प्रत्यारोपमा उत्रिएका छन्।

गत महिना सीमा विवादले उग्र रुप लिएपछि दुई राज्यका प्रहरी र सर्वसाधारणबीच हिंस्रक झडप भएको थियो।

झडपका क्रममा असमका ५ प्रहरीको मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ। सो झडप अगाडि मात्र मिजोरमका मुख्यमन्त्री जोरामथांगा र असमका मुख्यमन्त्री हिम्मन्त विश्व सरमा सामाजिक संजालमा आरोप र प्रत्यारोपमा उत्रिएका थिए।

Assam Police summons Mizoram MP for 'issuing threats'; Cachar admin accuses neighbouring state of encroachment | Assam News

यसरी दुई राज्यका प्रहरी र सर्वसाधारण हिंस्रक झडपमा उत्रिएको यो भारतकै पहिलो घटना हो।

घटना हुनुभन्दा केहीदिन अगाडि मात्रै गृहमन्त्री अमित शाहले दुवै मुख्यमन्त्रीसँग भेट गरेर सम्भावित द्वन्द्व रोक्न भनेका थिए। तर प्रहरी राज्यको सिमानामा आमने सामने भएपछि झडप टरेन।

दुवै पक्षको सरकारले एकअर्कालाई झडप हुनुको कारक मानेको छ। मिजोरम सरकारका मुख्यमन्त्रीले आफ्नो बयानमा मिजोरमको सीआरपीएफ पोस्टमा असमका २ सयभन्दा बढी प्रहरी पुगेर मिजोरमका प्रहरी र स्थानीयमाथि बल प्रयोग गरेको आरोप लगाएका थिए।

Assam-Mizoram Border Tense After Death of Alleged Drug Peddler

तर असमका मुख्यमन्त्री हिम्मन्त बिस्व सरमाले मिजोरम सरकारले आफ्नो लैलापुर जिल्लामा सडक बनाउन सुरु गरेपछि विवाद सुरु भएको आरोप लगाएका थिए।

यो घटनामा दुवैतर्फको ५० भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएको बताइएको छ।

असम र मिजोरमबीच दशकौंयता सीमा विवाद जारी छ। सन् १९७२ सम्म मिजोरम असमको हिस्सा थियो। गतवर्ष पनि यहाँ तनाव उत्पन्न भएको थियो।

असम र मिजोरमको सीमा लगभग १६५ किलोमिटरको छ। तर यसलाई सही तरिकाले छुट्याइएको छैन। राम्रोसँग चिन्हहरु नराखिएकाले यहाँ दोहोरिँदै विवाद हुँदै आएको हो।

सरकारी अधिकारीहरुका अनुसार सन् १९९५ देखि सिमांकन गर्ने प्रयास भएता पनि सफल हुन सकेको छैन।

असमको लैलापुर जिल्लालाई पनि मिजोरमले आफ्नो भएको बताउँदै आएको छ।

सो झडपछि यतिबेला दुवै राज्यले एकअर्कामाथि नाकाबन्दी लगाएका छन्। त्यहाँका स्थानीयका अनुसार मिजोरम र असम राज्यको सीमा विवाद दुई देशबीचको युद्धको जस्तै अवस्था छ।

Assam-Mizoram clash: Why peace is fragile between two India states - BBC News

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्