काठमाडौं उपत्यकामा निशेधाज्ञा थप, बिहीबार राति ८ बजेपछि गाडी चलाउन नपाइने

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : १३


काठमाडौं उपत्यकामा काठमाडौं जिल्ला प्रशासनले निशेधाज्ञाको अवधि थप गरेको छ।

नयाँ नियमअनुसार यसैहप्ताको बिहीबार राति ८ बजेपछि सवारीसाधन चलाउन पाइनेछैन।

हाल थप गरिएको निषेधाज्ञा भदौ ८ गतेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन्।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्न थालेपछि राति सवारीसाधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्